Saturday, April 18, 2009

कस्तो महानता.....स्ववियू निर्वाचनले सँकेत गरेको नेपालको भविष्य...



मनोज झा मुक्ति


देशमा कुशल राजनीतिकर्मीको उत्पादन गर्नु, राजनीतिक संस्कार निर्माण गराउने उद्देश्यले विद्यार्थीलाईँ राजनीति गर्ने मौका दिइन्छ । विद्यार्थीले राजनैतिक सँस्कार सिकून भनेर क्याम्पसहरुमा स्वतन्त्र विद्यार्थी युनियनको चुनावको प्रावधान गरिएको छ । हुनत धेरै पहिलादेखि नै नेपालमा स्वतन्त्र विद्यार्थी युनियनको चुनाव हुँदै आएको छ । देशको धेरैवटा क्याम्पसहरुमा चैत्र ६ गते र केही क्याम्पसहरुमा चैत्र १७ गते चुनाव सम्पन्न भएको छ ।


यसपालिको चुनाव कुनै पहिलो त थिएन, तर अरु बेलाको चुनाव जस्तो पनि रह्न सकेन । यो चुनावले देशको राजनीति कुन अवस्थामा छ र भविष्यको राजनीतिक कता जाँदैछ, त्यसको संकेत गरेको छ । हुनत विद्यार्थीको चुनावमा अन्य चुनावभन्दा अलि बढ़ि नै मारिपीट, होहल्ला हुनुलाई सामान्य मानिन्छ । किनकि त्यसमा उमेरको दोष पनि रहने गर्दछ । यो कुरा बेग्लै हो कि अबत सांसद, जिविस र गाविसको चुनावमा विद्यार्थी चुनावभन्दा बढी नै होहल्ला र मारपीटको माहौल रहन्छ । त्यसमा यो पनि मान्नसकिन्छ कि सांसद, जिविस र गाविसको चुनाव लड़नेहरु विद्यार्थी राजनीतिबाट नै आएका हुँदैनन् त्यसैलेले सबैमा राजनीतिक संस्कार नभएको पनि हुन सक्छ ।


आजका युवालाई भोलीको देशको भविष्य भनिन्छ । त्यसैले सरकार र समाजको प्रयास रहेको हुन्छ कि देशका युवा शिक्षित र संस्कारित होउन । प्रसंग छ युवासँग जोडिएको विद्यार्थी राजनीतिको । यसपालिको स्वतन्त्र विद्यार्थी युनियनको चुनावमा खासगरि मधेशमा जुन नजाराहरु हेर्न पाइयो त्यसले धेरैहद सम्म नेपालको र विषेशगरि मधेशको आउने भविष्यलाई वर्णन गर्दछ । एउटा सांसदको चुनावमा जुन प्रकारको तामझाम र तरिका देखिदैन त्यस प्रकारको पजेरोमा प्रचार—प्रसारको झाँकी लगायतका चुनावी रौनक विधार्थी चुनावमा देखियो । त्यसमा पनि एउटा—दूइटा होइन ५÷५, ६÷६ वटा पजेरोमा चुनावको प्रचार गरिनु एउटा विद्यार्थी नेताको शौख थियो या बाध्यता ? या आउने भविष्यको कुनैपनि चुनावहरुमा गरिने प्रचार—प्रसारको तरिकाको तरिकाको भावि रुपरेखा ? जब एउटा विद्यार्थीको चुनावमा –जसको कुनै प्रकारको आम्दानी हुँदैन) यस प्रकारले खर्च गरिन्छ मात्र प्रचार—प्रसारमा त अन्य—अन्उचुनावमा या यी विद्यार्थी नेता नै जब देशको राजनीति गर्छन तब के गछैन् ?हो, कुनै पेशागत संघ÷संस्थाको चुनाव यदि भएको भए त्यति आश्चर्यको कुरा हुने थिएन ।


प्रचार—प्रसार बाहेक मतदातालाई खुवाउनु—पिलाउनु अलावा जेबखर्च दिने जुनप्रकारको संस्कृति बढ़िरहेको छ, त्यसले कुन प्रकारको राजनीतिक संस्कार हाम्रा भविष्यका नेताल सिखिरहेका छन् ? पहिलो कुरा कि एकटा विद्यार्थीसँग यतिका पैसा कहाँबाट आयो ?दोस्रो कि यस्ता नेताबाट भविष्यमा देशको राजनीति भ्रष्टाचार मुत्तm हुने आश कति गर्न सकिन्छ ? चुनावमा मतदान गर्नकालगि लाइनमा उभेका विद्यार्थीसँग कुनै प्यानलमा भएपनि व्यत्तिmगत मतकोलागि आग्रह गरिंदै थियो ।


एउटा पार्टीको भातृ संगठनको रुपमा चुनाव लडेपनि व्यक्तिगत रुपमा मत माग्नु, कुन प्रकारको राजनीतिक संस्कारलाई बढाबा दिइएको हो ? यदि यहि कुरा हो भने स्वतन्त्र रुपमा चुनाव किन न लडने ? के यसले पार्टीभन्दा गुटबन्दी राजनीतिलाई बढाबा दिने सँस्कार विकसित गर्न खोजिएको हो ? वा पार्टीप्रति अविश्वास राख्नुपर्छ भन्ने सँस्कारलाई बढावा दिन खोजिएको संकेत हो ? त्यसतै लाइन लागेका मतदातासँग आफ्नो जातिको उम्मेदवारलाई मतदिन भनेर खुलेआमरुपमा चिच्याउनुले जातिवाद राजनीतिलाई मलजल हालेको होइन र ?


स्वतन्त्र विद्यार्थी युनियनको चुनाव देशकालागि भावी नेता जन्माउने एउटा माध्यम हो । जुन प्रकारले अन्य चुनावपछि नेता या दलहरुसँग चुनावी खर्चको विवरण मागिन्छ, त्यसै प्रकारको प्रावधानलाई कठोरतापूर्वक पालन हुन्छ कि हुँदैन ? भविष्यको राजनीतिलाई यदि एउटा सही बाटोमा ल्याउनु छ भने यस प्रकारले भएको स्वतन्त्र विधार्थी युनियनको चुनावलाई सरकार, राजनीतिक पार्टी एवं सम्बन्धित पक्षहरुले सत्रिmयतापूर्वक जाँचगरि आफ्नो जिम्मेवारी देखाउनु अति आवश्यक देखिन्छ । यदि राजनीतिक संस्कार नै यहि हो भने त कुनै कुरै होइन ।


हामीले विचारपूर्वक मनन गर्न जरुरी छ कि हामीहरु कुन प्रकारको राजनीतिक रुपरेखा बनाउन चाहन्छौ ? यदि यस प्रकारको देशको भविष्यप्रति हामीहरु गम्भीर हुँदैनौ भने देशको भविष्य कस्तो हुने हो ? यसपालिको स्ववियु चुनावको विकृतिहरुलाई हटाउनु विषेश गरि सरकार र राजनीतिकपार्टी सबभन्दा ठूलो चुनौती रहेको छ ।

No comments:

Post a Comment