Saturday, April 18, 2009

कस्तो महानता.. ? नयाँ नेपालका प्रधानमन्त्रीको गणतान्त्रिक भाषण...

मनोज झा मुक्ति
हाम्रो देशमा सबैथोक नयाँ भएको छ । नहोस पनि किन ! देशमा संविधानसभाको चुनाव नयाँ, जम्बो आकारको संविधान सभा नयाँ, राजतन्त्र फेरिएर गणतन्त्रात्मक देश भएको नयाँ, यस्ता यस्तै प्रायः धेरै कुरा नयै नयाँ नै भएर होला जनतादेखि नेता सम्म, पियन देखि हाकिम तथा कृषक, व्यापारी, पत्रकार, लेखक, मजदूर लगायत सबै तह र तप्काका मानिसहरुले नयाँ नेपाल बाहेक अरुकुरा कमै गरेका भेटिन्छन् ।
पुरै देश नै नयाँ भएको बेलामा संघीय लोकतान्त्रिक गणतन्त्र नेपालका प्रथम प्रधानमन्त्री नयाँ नहुने त कुरै भएन । १० वर्षे जनयुद्ध पछि त्रmान्तिको बलमा प्रधानमन्त्री हुनुभएका पुष्पकमल दहाल æप्रचण्ड”को नाम वास्तविकरुपमा कर्म वहाँको कर्म अनुरुपकै रहेको प्रमाणित भएको छ । देशको प्रधानमन्त्री हुनुहुन्छ पुष्पकमल दहाल र वहाँ नै æप्रचण्ड”को नामले एकिकृत नेकपा माओवादीको अध्यक्ष हुनुहुन्छ ।
प्रधानामंत्रीको रुपमा सदन भित्र बोल्दा वा विभिन्न टोलीको डेलिगेसन लिएर जानेसँग कुरागर्दा वहाँ फूल जस्तै कोमल भएर प्रस्तुत हुनुहुन्छ र पार्टीका कार्यकर्ताहरुको बीचमा æप्रचण्ड” जस्तै विवेकहीन, हठी जस्तो कुरा गर्नुहुन्छ । अचम्मको कुरा त के छ भने जुनसुकै बेला नेपाली जनताको हवाला दिंदै आफ्नो दुइटै चरित्रमा वहाँ धेरै हदसम्म सफल हुनु भएको छ । मिठो कुरागर्दै कहिल्यै पुरा नहुने आफ्नो आश्वासनले देशी देखि विदेशी सम्मकालाई थामथुम पार्न एकातिर सफल हुनुभएकोछ भने अर्कोतिर कुराकुरामा विद्रोह गर्ने धम्की दिएर सत्तामा टिकिराख्न सफल भई नै रहनु भएको छ ।

सम्भवतः अब वहाँले आफ्नो यी चलाखीपूर्ण चालहरु आम जनता र विदेशी हीतमीतहरुले थाहा पाइसक्यो भनेर राम्ररी बुझिसक्नु भएछ, त्यसैले होला अब बोल्नै नहुने छाडा शब्दको प्रयोगगर्न थाल्नु भएछ । एउटा प्रधानमन्त्रीले सार्वजनिक ठाउँमा जथाभावी बोल्न मिल्छ कि मिल्दैन ? हाम्रो देशमा गणतन्त्र संस्थागत भइनसकेर होला नेपाली जनताहरुले गणतन्त्रमा यस्तै हुँदाहुन भनेर नै सोंचेका छन कि ? तर, आफ्नो मूलुक भर्खर गणतन्त्रको बाटोमा वामेसर्न खोजेपनि धेरै नेपालीहरुले ठूल्ठूला गणतान्त्रिक देशको नियम कानून र व्यवहारका वारेमा धेरथोर जानेका छन् । अरु गणतान्त्रिक मूलुकका प्रधानमन्त्री तथा मन्त्रीहरु त त्यति छाडा हुँदैनन् क्यारे ! अनि हाम्रो प्रधानमन्त्री र मन्त्रीहरु फेरि किन छाडा भए ? मूर्ख नै हो भनौ भने प्रधानमन्त्रीले स्नातक सम्मको अध्ययन गर्नु भएको छ ।
विवेकहीन पनि कसरी मान्ने ? कहिलेकाहीं मीठो र गहकिलो कुरा पनि गर्छन नै । आम नेपाली जनता अहिले अलमलमा परेका छन् । हुनत हाम्रा प्रधानमन्त्री र मन्त्रीहरु अरुदेशको नक्कल होइन, नेपालमा बेग्लै किसिमको आफ्नो माटो सुहाँउदो व्यवस्था हुनुपर्ने धारण पनि बेला बेलामा नराखेका होइनन् । हो, यो पछिल्लो व्यवस्थाको बारेमा नेपाली जनता अनभिज्ञ भने पक्कै छन् । कतै त्यस्तै व्यवस्था अन्तर्गत नै यो जेपायो त्यो बोल्ने, आफ्नो मर्यादाको वास्ता नै नराखी बोल्ने कुराहरु त हुँदैनन् ? नेपाली जनताले सोंच्न थालेका छन् ।
एकीकृत नेकपा माओवादी र उनका सहयोगीहरुले यस्तै प्रकारको व्यवस्था ल्याउन चाहेका हुन त ? के नेपालमा ल्याउन खोेजिएको नयाँ व्यवस्थामा प्रधानमन्त्री तथा मन्त्रीहरुले ठग र बहुलासरह नै बोल्ने हो त ? या मनपरि गर्नेलाई बाध्य भएर सबैले समर्थन नै गर्नुपर्ने जस्ता बाध्यता हुने हो । के यी यावत प्रश्नहरु हाम्रा नयाँ नेपालका गणतान्त्रिक प्रधानमन्त्री तथा मन्त्रीहरुले आफ्नो बोली र व्यवहारले देखाइरहेका छैनन् त ? संघीय लोकतान्त्रिक गणतनत्र संत्रmमणकालिन अवस्थामा रहेको बेलामा आफ्नो जिम्मेवारी गम्भिरताका साथ प्रधानमन्त्री र मन्त्रीहरु तथा सहयोगी, विपक्षी या तथस्टरुपमा बसेका दलहरुले बहन गरेनन् भने नयाँ नेपालमा हुने नयाँ व्यवस्था वास्तवमा विश्वसामु नमूना नै बन्ने छ, सकारात्मक होइन कि नकारात्मकरुपमा । हामी र हाम्रो देश असफल र छाडाको पार्यायवाची नबनौं । नेपाल र नेपालीहरुको शान र मान बढाउन नयाँ नेपालका गणतान्त्रिक प्रधानमन्त्रीज्यूले नयाँ ढँगले शुरुवात गर्ने हो कि ? आफ्ना विकृतिहरु हटाएर !

No comments:

Post a Comment