Monday, April 20, 2009

मधेशको मर्म अनुरुप संविधान नबने सशक्त संघर्ष


मधेशको मर्म अनुरुप संविधान नबने संविधान सभा छोडेर सशक्त संघर्ष गर्छौ
महन्थ ठाकुर
अध्यक्ष (तराई मधेश लोकतान्त्रिक पार्टी)


(देशमा निर्माण हुन लागेको नयाँ संविधानमा जनताको भावना बुझ्न महोत्तरी आइपुग्नु भएका तराई मधेश लोकतान्त्रिक पार्टीका अध्यक्ष एवं तमलोपा संविधान सभादलका नेता महन्थ ठाकुरसँग गरिएको कुराकानीको प्रमुख अंश)

१. जनताको भावना बुझ्न जुन प्रकारको लिखित प्रश्नहरु लिएर आउनु भएछ, कस्तो जटिलता रहेको छ त्यसमा ?

—.प्रश्नहरुमा भाषा सम्बन्धि कठिनाइहरु रहेका छन् । चाहे पहाडका जनताहुन या मधेशका, सबै जनतालाई यस प्रकारको समस्या परेको छ । प्रश्नहरु ज्यादै लामो लामो तथा कानूनी जटिलता युत्तm शब्दहरु रहेको छ । जसरी भन्नुस न, सार्वभौमसत्ता शब्दलाई जनतालाई कसरी सम्झाउने ?

२. यी प्रश्नहरु तयार गर्दा तपाईहरुसँग छलफल त भयो होला नि ?

—सामान्यतया यी विषयहरुमा कुनैदलसँग छलफल गरिंदैन र हामीसँग पनि कुनै प्रकारको छलफन गरिएन ।

३. के लाग्छ यस्तो स्थितिमा जनताको हीतको संविधान बन्ला ?

—हेर्नुस, जनताकोलागि बन्छ कि बन्दैन त्यो प्रश्न होइन । २०३६सालमा बहुदललाई हराइए पनि एउटा लोकतान्त्रिक मान्यता के स्थापित भयो भने जनताले नै आफ्नो मतले बहुदललाई हरायो । त्यसतै, संविधानलाई मान्यता प्रदान गराउन भएपनि जनताको घरदैलोमा पुगेको देखाउनु पनि कुनै न कुनैरुपमा लोकतन्त्रलाई स्थापना गर्ने एउटा कडीको रुपमा लिनु पर्दछ, संविधान बनाउने अधिकार जनताको हो भनेर ये प्रकृयाले प्रमाणित गरेको छ ।

४. कस्तो खाले प्रश्न या सुझावहरु जनताबाट आइरहेको छ ?

— जनताबाट राम्रो सुझावहरु पनि आइरहेको छ । रुपन्देहीमा एउटा ५० वर्षे मानिस आएर भन्नु भयो, ‘श्रीमान् मधेशीसँग भइरहेको भेदभाव कसरी हट्छ त्यो कुरा संविधानमा लेख्नु होला’ यति भन्दै सरासर उहाँ आफ्नो बाटो लाग्नु भयो ।

५. नेपाली जनतालाई कस्तो खाले संविधान चाहिएको महशुश गर्नु भएको छ ?

— नेपालको भौगोलिक अवस्था, सँस्कृति, जनसंख्याको वितरणले जहिले पनि नेपाललाई सहमतिको आधारमा जाने निर्देश गरेको छ । यसको विपरीत जो जो आज सम्म नेपालमा जान खोज्यो, ऊ विफल भएको छ । राजाले एक्लै शासन गर्न खोज्यो विफल भयो, काँग्रेस पूर्ण बहुमत पाएर पनि एक्लै आफ्नो अवधिभरि सरकार चलाउन सकेन । अहिलेको एकिकृत माओवदी सरकार संख्यात्मकरुपमा कमजोर छैन तर पनि एक्का शासन चलाउन खोज्यो भने विफलता निश्चित छ । अर्थात सहमतिको आधारमा संविधानको निर्माण भयो भने जनताको पक्षको संविधान बन्नेछ र बहुमतिय आधारमा संविधानको निर्माण भयो भने अहिले देखिएको समस्याहरु रहिनै रहन्छ ।

६. अहिले कस्तो खाले समस्या रहेको छ ?

— एउटा विषेश समुदाय बाहेकलाई छोडेर पहाड,मधेश सबैठाउँका जनता आन्दोलित छन्, जो सदियौं देखि विभिन्न प्रकारका अवसर तथा हकबाट बञ्चित हुँदै आएको छ । उनिहरुको भावनालाई सम्बोधन गर्नु एकदमै आवश्यक रहेको छ ।

७.संविधानप्रति जनतामा कस्तो खाले शंका उपशंका रहेको छ ?

—जनतामा दूई खाले शंका व्याप्त रहेको छ । एउटा त संविधान बन्छ कि बन्दैन र अर्को दलीय भागवण्डाको आधारमा त कतै संविधानको निर्माण हुँदैन ? यसो भएमा द्धन्द्ध पूर्णरुपमा समाप्त हुन सक्दैन ।

८. यदि दलीय भागवण्डाको आधारमा संविधानको निर्माण भएमा तमलोपाले कस्तो रणनीति अख्तियार गर्छ त ?

—राष्टि«य राजनीतिमा हाम्रो मूल प्रश्न ‘मधेश’ हो । मधेशको माँगलाई उपेक्षा गरियो भने जस्तो सुकै संविधान पनि हामीलाई अमान्य हुनेछ । यदि मधेशी जनताको भावनालाई उपेक्षा गरियो भने तमलोपा अहिले संघर्षमा त छँदैछ, हामी संविधान सभाबाट राजिनामा गरेर शसस्त्र त होइन सशक्त आन्दोलनमा जानेछौं ।

९. नेपालका राजनीतिक सत्ताको कुन कुरा सुधार्नु पर्ने आवश्यकता छ ?

—कुनै स्थापित शक्तिलाई आफ्नो स्थान जब कुनै कारणवस छोड्नुपर्ने हुन्छ तब वर्षौं देखि दबाइएको जनता आफ्नो क्षतिपूर्ति खोज्छन् र फलस्वरुप आन्दोनको उदघोष हुन्छ । आन्दोलनको पहिलो कारण राज्यद्धारा गरिएको भेदभावप्रतिको आत्रmोश हो । र कुनैखाले विरोधलाई सत्ताले कहिल्यै सहजरुपमा लिएन, सजाय तथा दण्डदिने प्रवृतिलाई बढावा दिंदै आयो । महिलाको आन्दोलनलाई ‘डलरखेती’को सँज्ञा दिइनु, मधेश आन्दोलनलाई ‘विखण्डनकारी’को सँज्ञादिनु लगाएतका कामहरु लोकतन्त्रको भाषण दिएर नथाक्ने नेताहरुबाट हुँदै आएको छ । दलहरु सत्तामा पुग्दा विरोध नसहने बानी जुन परेको छ, वास्तविक लोकतन्त्रको अनुभूति गराउन यी यस्ता प्रवृतिहरु सुधार्नु पर्ने नै हुन्छ ।

१०. प्रेस स्वतन्त्रताप्रति तमलोपाको कस्तो धारणा रहेको छ ?

— स्वतन्त्र न्यायपालिका र स्वतन्त्र प्रेस लोकतन्त्रको ग्यारेन्टर हुन्छ । जनताको अधिकारको वारेमा प्रेसले सूचना प्रवाह गर्छ र अदालतले त्यसलाई संरक्षण गर्छ । प्रेस कसैप्रति पूर्वाग्रही हुनु हुँदैन र कसैको हीतकारी पनि हुनु हुँदैन । तथापि ‘अस्पताल खोल्नुको अर्थ रोग नै नलाग्नु भने हुँदैन ।’

११.भारतको राजधानी नयाँ दिल्लीमा भईरहेको नेताहरुको भ्रमणप्रति सरकारको अगुवाई गरिरहेका एकिकृत माओवादीका नेताहरुको व्यत्तm आशंकालाई कुनरुपमा लिनु भएको छ ?

—हेर्नुस, माओवादीले १० वर्षे जनयुद्ध भारतमै बसेर गर्यो, १२ बुँदे सम्झौता पनि भारतमै गर्यो त्यसैले उनिहरुलाई थाहा भएर होला शंका लागेको हुनसक्छ । एकिकृत माओवादीका नेताहरुको आत्मविश्वासको कमीले यस्ता शंका लागेको मात्र हो । अब ज्ञानेन्द्र वा कुनै राजा आउने कुनै संभावना नेपालमा छैन । कथम कदाचित दलहरुले राजालाई ल्याए पनि नेपाली जनताले मान्नेवाला छैन ।

मैले व्यत्तिmगतरुपमा नेताहरुको भारत भ्रमणलाई नकारात्मकरुपमा लिएको छैन, यो सबै स्वभाविक प्रकृया हो ।

No comments:

Post a Comment