Sunday, April 19, 2009

कस्तो महानता ? भारत विरुद्ध नेपाली जनतालाई उक्साउनेहरु




कस्तो महानता ?
भारत विरुद्ध नेपाली जनतालाई उक्साउनेहरु....


मनोज झा मुक्ति
नेपाल एउटा भूपरिवेष्ठित राष्ट« हो जसको तीन तिरबाट विशाल मुूलूक भारत र एकातर्फबाट सँसारको अर्को ठूलो देश चीनले घेरेको छ । भौगोलिक सुगमता, मिल्दोजल्दो सँस्कार र सँस्कृतिले गर्दा आफ्नो दुवै छिमेकी मध्ये नेपालको सम्बन्ध भारतसँग अलि बढि नै रहने गरेको छ । यसको अतिरिक्त नेपालीहरुको शिक्षाको केन्द्र, कामगर्ने ठाउँ, राजनैतिक सहयोग लगायतका कार्यले गर्दा पनि नेपाल—भारतको सम्बन्ध प्रगाढ रहिआएको छ ।


नेपालमा परापूर्वकाल देखिनै भारतको सहयोग हरेक कार्यमा अविस्मरणिय छ, यसमा दुईमत छैन । चाहे राणा शासनलाई समाप्त गर्न होस या पञ्चायति व्यवस्थाबाट नेपाली जनतालाई मुक्त गराउने आन्दोलन होस, चाहे राजतन्त्रको अन्त्यकोलागि गरिएको आन्दोलन किन नहोस नेपाली जनाले गरेका हरेक सँघर्षहरुमा प्रत्यक्ष वा अप्रत्यक्षरुपमा भारतको योगदान रहेकै छ । हुनत, भारतको स्वतन्त्रता संग्राममा नेपालीहरुले निर्वाह गरेको भूमिकालाई पनि विर्सन सकिन्न ।

एउटा उखान नै चलेको छ हामीकहाँ, ‘नेपालमा मन्त्री बन्नलाई एकचोटी दिल्ली भ्रमण गर्नै पर्ने हुन्छ ।’ र बेला—बेलामा यस उखानलाई हाम्रो नेताहरुले प्रमाणित पनि गर्दै आएका छन् ।नेपालका नेताहरुमाथि कुनै समस्या आइपर्यो भने वा कुनै प्रकारको सहयोगको आवश्यकता पर्यो भने भारतलाई गुहार्ने चलन हामीकहा चलि आएको छ । तर दुखद पक्ष केहो भने आपूm या आफ्नो पार्टीलाई पृष्टपोषण गर्न भारतीय सहयोग पाएर जन्मेका तथा हुर्केका नेताहरु न्ेपालका जनताहरुमा भारत विरुद्धको मानसिकता तयार गर्नमा पछि हटेका छैनन् ।

राणा शासन अन्त्यकोलागि थालिएको विद्रोह, पञ्चायत फाल्न गरिएको आन्दोलन, माओवादीको १०वर्षे जनयुद्ध र राजतन्त्रको समूल नष्टगर्नै आन्दोलन सबैको तानाबना भारतमै बुनियो तथा भारतमै बसेर आन्दोलनहरुको शुभारम्भ गरियो । आफ्नो पार्टी चलाउन प्रशासनिक खर्च होस या आफ्नो क्षेत्रमा विकासको नाममा होस हाम्रा नेताहरु भारतको सहयोगको सदैव अपेक्षा गरेको हुन्छ । भनिन्छ भारतीय दतावासमा जुन नेताको जति पकड छ, उसलाई त्यति शक्तिशाली नेपाली राजनीतिमा मानिन्छ । नेताहरु आफ्नो बाल—बच्चाहरुको विभिन्न छात्रवृतिहरुकोलागि भएपनि आफ्नो सम्बन्ध बलियो बनाएर राख्न चाहन्छ । तर, यी कुराहरु सत्य भएपनि नेपालका नेताहरुको चरित्र बुझिनसक्नु देखिन्छ ।

एकातिर हरेक क्षेत्रमा भारतका सहयोग लिएर आफ्नो राजनीतिदेखि आफ्नो जीविकोपार्जन गरिरहेका हाम्रा नेताहरुको भारत विरोधी भाषणहरु जब पत्र—पत्रिकाहरुमा पढ्न पाइन्छ, त्यतिबेला नेताजीहरुको चरित्र हेरेर लाग्छ हामी विकास गर्न अझै धेरै समय लाग्छ । आपूmहरु भारतबाट जस्तोसुकै सहयोग लिन पनि पछि नपर्ने हाम्रा नेताहरु आफ्ना देशका जनताहरुको बीचमा भारतलाई नेपाल विरोधी राष्ट«कोरुपमा दर्शाएर के गर्न खोजेकोहो, पत्ता लगाउन धेरै मुस्किल छ ।




आपूmलाई केही भयो भने भारततिर कुद्ने नेताहरु आपूm बाहेक अरु दलकाकोही भारततिर गयो भने त्यसलाई नराम्रो तरिकाले जनताको बीचमा प्रस्तुतगर्ने बानी किन लागेको होला ? यो प्रवृति एउटा मात्र पार्टीको नेतामा भए त हुन्थ्यो नि, सबै पार्टीका नेताहरुको चाला यही नै अहिले सम्म देखिएको छ ।

र्
म बाहेक अरुकसैले भारतबाट सुविधा नपाओस’ भन्ने सोंच हो कि भारत वा ‘कसैलाई धम्क्याउँदा बढी भागबण्डा पाइन्छ’ भन्ने सोंच हो, बुझिनस्कनु छ । या भारतले नै यस्तै सम्बन्ध चाहेको हो हाम्रो नेताहरुसँग ? ‘नेपाली जनताले भारतबाट लिने गरेको सहयोगकोवारेमा थाहा पायो भने कतै आफ्नो पर्दाफास त हुदैन ?’ यस कारणले पनि हाम्रा नेताहरु आम जनमानसमा आपूmलाई प्रवल विरोधी देखाउने नाटक गरेको हुनसक्छ । नेपाली जनतालाई भ्रममा राखेर हण्डीखाने प्रवृति जबसम्म हाम्रा नेताहरुले त्याग्दैनन् तबसम्म हामी साँचो राष्ट«को निर्माणगर्ने कल्पना गर्न सक्दैनौ । नेपाली जनताले पनि हाम्रा नेताहरुको यस्ता द्वैध चरित्रलाई बुझ्नुपर्ने अति आवश्यक छ । कि त हाम्रो नेताहरु कसैबाट केही लाभ नै नलेओस् वा लिन्छ भने त्यसतै कुरा गएर आफ्ना जनताहरुको बीचमा गर्नसक्नु पर्छ ।

अहिले विभिन्न हाम्रा नेताहरुको दिल्लीमा उपचार गराउने कुरालाई लिएर नेपाली राजनीतिको वृतमा सत्ताधारिहरुको टाउको दखिरहेको छ । विभिन्न शंका—उपशंका गरिराखिएको छ । नेपालका सर्वसाधारण जनतालाई थाहा नभएपनि हाम्रा नेताहरुलाई राम्ररी थाहा छ होलाकि दिल्लीमा नेताहरु कस्तोखाले उपचार गराउन जाने गर्छन । अनि ‘आपूm गयो भने देशहीतकोलागि र अरु गयो भने देश भाँड्नकोलागि’ जस्तो वाहियात भाषणहरु किन ? यावतकुराहरु सोंचेर, हेरेर अब नेपाली जनताहरु वस्तविक रुपमा सोंच्न वाध्य भएका छन् कि कतै हाम्रा नेताहरु साच्चिकै देशलाई समृद्धि र विकाशबाट सँधै—सँधैकोलागि टाढा त राख्न चाँहदैन ? कि आफ्नो भ्रमको राटीलाई जनताको टाउकोमा सेक्दैराखौं भन्ने सोंच छ ?

होइन, यदि भारत वास्तविकरुपमा नेपालको अहित चाहन्छ, नेपाली जनताको कुभलो चिताउँछ भने हामी किन विभिन्न बहानामा भारतको सहयोग र सानिध्यता चाहन्छौ ? किन हामी आफ्नो आत्मविश्वास बढाउने तिर सोंचिराखेका छैनौं ? पशुपतिनाथले हाम्रो चरित्र सुधार्न प्रेरणा हामीलाई देओस् ।

No comments:

Post a Comment