Showing posts with label कस्तो महानता.....स्ववियू निर्वाचनले सँकेत गरेको नेपालको भविष्य.... Show all posts
Showing posts with label कस्तो महानता.....स्ववियू निर्वाचनले सँकेत गरेको नेपालको भविष्य.... Show all posts

Saturday, April 18, 2009

कस्तो महानता.....स्ववियू निर्वाचनले सँकेत गरेको नेपालको भविष्य...



मनोज झा मुक्ति


देशमा कुशल राजनीतिकर्मीको उत्पादन गर्नु, राजनीतिक संस्कार निर्माण गराउने उद्देश्यले विद्यार्थीलाईँ राजनीति गर्ने मौका दिइन्छ । विद्यार्थीले राजनैतिक सँस्कार सिकून भनेर क्याम्पसहरुमा स्वतन्त्र विद्यार्थी युनियनको चुनावको प्रावधान गरिएको छ । हुनत धेरै पहिलादेखि नै नेपालमा स्वतन्त्र विद्यार्थी युनियनको चुनाव हुँदै आएको छ । देशको धेरैवटा क्याम्पसहरुमा चैत्र ६ गते र केही क्याम्पसहरुमा चैत्र १७ गते चुनाव सम्पन्न भएको छ ।


यसपालिको चुनाव कुनै पहिलो त थिएन, तर अरु बेलाको चुनाव जस्तो पनि रह्न सकेन । यो चुनावले देशको राजनीति कुन अवस्थामा छ र भविष्यको राजनीतिक कता जाँदैछ, त्यसको संकेत गरेको छ । हुनत विद्यार्थीको चुनावमा अन्य चुनावभन्दा अलि बढ़ि नै मारिपीट, होहल्ला हुनुलाई सामान्य मानिन्छ । किनकि त्यसमा उमेरको दोष पनि रहने गर्दछ । यो कुरा बेग्लै हो कि अबत सांसद, जिविस र गाविसको चुनावमा विद्यार्थी चुनावभन्दा बढी नै होहल्ला र मारपीटको माहौल रहन्छ । त्यसमा यो पनि मान्नसकिन्छ कि सांसद, जिविस र गाविसको चुनाव लड़नेहरु विद्यार्थी राजनीतिबाट नै आएका हुँदैनन् त्यसैलेले सबैमा राजनीतिक संस्कार नभएको पनि हुन सक्छ ।


आजका युवालाई भोलीको देशको भविष्य भनिन्छ । त्यसैले सरकार र समाजको प्रयास रहेको हुन्छ कि देशका युवा शिक्षित र संस्कारित होउन । प्रसंग छ युवासँग जोडिएको विद्यार्थी राजनीतिको । यसपालिको स्वतन्त्र विद्यार्थी युनियनको चुनावमा खासगरि मधेशमा जुन नजाराहरु हेर्न पाइयो त्यसले धेरैहद सम्म नेपालको र विषेशगरि मधेशको आउने भविष्यलाई वर्णन गर्दछ । एउटा सांसदको चुनावमा जुन प्रकारको तामझाम र तरिका देखिदैन त्यस प्रकारको पजेरोमा प्रचार—प्रसारको झाँकी लगायतका चुनावी रौनक विधार्थी चुनावमा देखियो । त्यसमा पनि एउटा—दूइटा होइन ५÷५, ६÷६ वटा पजेरोमा चुनावको प्रचार गरिनु एउटा विद्यार्थी नेताको शौख थियो या बाध्यता ? या आउने भविष्यको कुनैपनि चुनावहरुमा गरिने प्रचार—प्रसारको तरिकाको तरिकाको भावि रुपरेखा ? जब एउटा विद्यार्थीको चुनावमा –जसको कुनै प्रकारको आम्दानी हुँदैन) यस प्रकारले खर्च गरिन्छ मात्र प्रचार—प्रसारमा त अन्य—अन्उचुनावमा या यी विद्यार्थी नेता नै जब देशको राजनीति गर्छन तब के गछैन् ?हो, कुनै पेशागत संघ÷संस्थाको चुनाव यदि भएको भए त्यति आश्चर्यको कुरा हुने थिएन ।


प्रचार—प्रसार बाहेक मतदातालाई खुवाउनु—पिलाउनु अलावा जेबखर्च दिने जुनप्रकारको संस्कृति बढ़िरहेको छ, त्यसले कुन प्रकारको राजनीतिक संस्कार हाम्रा भविष्यका नेताल सिखिरहेका छन् ? पहिलो कुरा कि एकटा विद्यार्थीसँग यतिका पैसा कहाँबाट आयो ?दोस्रो कि यस्ता नेताबाट भविष्यमा देशको राजनीति भ्रष्टाचार मुत्तm हुने आश कति गर्न सकिन्छ ? चुनावमा मतदान गर्नकालगि लाइनमा उभेका विद्यार्थीसँग कुनै प्यानलमा भएपनि व्यत्तिmगत मतकोलागि आग्रह गरिंदै थियो ।


एउटा पार्टीको भातृ संगठनको रुपमा चुनाव लडेपनि व्यक्तिगत रुपमा मत माग्नु, कुन प्रकारको राजनीतिक संस्कारलाई बढाबा दिइएको हो ? यदि यहि कुरा हो भने स्वतन्त्र रुपमा चुनाव किन न लडने ? के यसले पार्टीभन्दा गुटबन्दी राजनीतिलाई बढाबा दिने सँस्कार विकसित गर्न खोजिएको हो ? वा पार्टीप्रति अविश्वास राख्नुपर्छ भन्ने सँस्कारलाई बढावा दिन खोजिएको संकेत हो ? त्यसतै लाइन लागेका मतदातासँग आफ्नो जातिको उम्मेदवारलाई मतदिन भनेर खुलेआमरुपमा चिच्याउनुले जातिवाद राजनीतिलाई मलजल हालेको होइन र ?


स्वतन्त्र विद्यार्थी युनियनको चुनाव देशकालागि भावी नेता जन्माउने एउटा माध्यम हो । जुन प्रकारले अन्य चुनावपछि नेता या दलहरुसँग चुनावी खर्चको विवरण मागिन्छ, त्यसै प्रकारको प्रावधानलाई कठोरतापूर्वक पालन हुन्छ कि हुँदैन ? भविष्यको राजनीतिलाई यदि एउटा सही बाटोमा ल्याउनु छ भने यस प्रकारले भएको स्वतन्त्र विधार्थी युनियनको चुनावलाई सरकार, राजनीतिक पार्टी एवं सम्बन्धित पक्षहरुले सत्रिmयतापूर्वक जाँचगरि आफ्नो जिम्मेवारी देखाउनु अति आवश्यक देखिन्छ । यदि राजनीतिक संस्कार नै यहि हो भने त कुनै कुरै होइन ।


हामीले विचारपूर्वक मनन गर्न जरुरी छ कि हामीहरु कुन प्रकारको राजनीतिक रुपरेखा बनाउन चाहन्छौ ? यदि यस प्रकारको देशको भविष्यप्रति हामीहरु गम्भीर हुँदैनौ भने देशको भविष्य कस्तो हुने हो ? यसपालिको स्ववियु चुनावको विकृतिहरुलाई हटाउनु विषेश गरि सरकार र राजनीतिकपार्टी सबभन्दा ठूलो चुनौती रहेको छ ।